गृहपृष्ठ हेलिकप्टर दुर्घटनाका मृतकप्रति टुँडिखेलमा श्रद्धाञ्जली (फोटो फिचर)

हेलिकप्टर दुर्घटनाका मृतकप्रति टुँडिखेलमा श्रद्धाञ्जली (फोटो फिचर)

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित सातै जनालाई टुँडिखेलमा श्रद्धाञ्जली दिइएको छ । बिहान ८ बजे देखि सुरु भएको श्रद्धाञ्जली कार्यक्रम ११ बजेसम्म चलेको थियो ।

निधन भएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको शव श्रद्धाञ्जलीको लागि टुंडिखेलमा राखिएको थियो ।

मृतकलाई राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तिहरुले टुँडिखेल पुगेर श्रद्धाञ्जली दिएका छन् । मृतकका आफन्त, शुभचिन्तक, विभिन्न राजनीतिक दलका नेताहरु लगायत सर्वसाधारण पनि टुँडिखेल पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेका मन्त्री अधिकारीसहितको हेलिकप्टर पाथीभाराबाट काठमाडौं फर्कनेक्रममा ताप्लेजुङको तारेभीरमा बुधबार दुर्घटनामा परेको थियो ।

तस्बिर: सुनिल प्रधान

प्रकाशित समय ११:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु