गृहपृष्ठ भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति राष्ट्रपतिद्वारा चिन्ता व्यक्त

भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति राष्ट्रपतिद्वारा चिन्ता व्यक्त

rastrapati-newskarobar फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेकी छन् । उनले दुई मुलुकबीचको बढ्दो तनाव कम गर्न शान्तितर्फ अग्रसर हुनुपर्ने आवश्यकता पनि औंल्याएकी छन् ।

शुक्रबार काठमाडौंमा वैदिक ज्ञान तथा आधुनिक विज्ञान सम्बन्धी अन्तर्रराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले विश्व शान्ति र समृद्धि साझा मानवीय आकांक्षा भएको उल्लेख गरिन् । त्यसका लागि हाम्रो सनातन चिन्तनको सम्मान गरेर अघि बढ्न उनले सबैलाई आह्वान गरिन् ।

राष्ट्रपति भण्डारीले सनातन चिन्तनमा जोड दिएर नेपाललाई विश्वमा चिनाउन सकिने बताइन् । तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न देशका वैदिक तथा आधुनिक ज्ञान, विज्ञानका ज्ञाताहरुको सहभागिता रहेको छ ।

प्रकाशित समय १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु