गृहपृष्ठ काठमाडौंको नाकढुंगाबाट लागु औषधसहित तीन जना पक्राउ
काठमाडौंको नाकढुंगाबाट लागु औषधसहित तीन जना पक्राउ
काठमाडौंको नागढुङ्गाबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गाडीमा लुकाइछिपाइ काठमाडौं ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट भारत सीतामडी बस्ने १८ वर्षीय शिवकुमार गुप्तालाई नियन्त्रित लागुऔषध नाइट्राभेट एक हजार ८०० चक्कीसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७४७६ नम्बरको बस जाँच गर्ने क्रममा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । चन्द्रागिरि नगरपालिका-२ बाट बारा निजगढ बस्ने ३२ वर्षीय सुरेश लामालाई नियन्त्रित लागुऔषध नाइट्राभेट २६ चक्की र स्पास आठ चक्कीसहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीबाट काठमाडौं आउँदै गरेको ग ६ ख २०४२ नम्बरको बस जाँच गर्ने क्रममा लागुऔषध फेला पारी उनलाई पक्राउ गरिएको हो । झापा कन्काई नगरपालिका-५ घर भएका २० वर्षीय सागर विकलाई पनि अवैध लागुऔषध ब्राउनसुगरसहित सोही ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १८:२५ बजे

















