गृहपृष्ठ बंगबन्धु गोल्डकप : तीन वर्षअघि उपाधी जितेको नेपालले अझै पाएन पुरस्कार
बंगबन्धु गोल्डकप : तीन वर्षअघि उपाधी जितेको नेपालले अझै पाएन पुरस्कार
फाइल फाेटाे
बंगबन्धु गोल्डकपको उपाधी करिब ३ वर्षअघि जितेको भए पनि उपाधी विजेता नेपालले अझैसम्म पुरस्कार पाउन सकेको छैन । वि.सं. २०७२ माघमा बंगलादेशमा सम्पन्न गोल्डकपको उपाधी नेपालले जितेको थियो । तर, उक्त उपाधीको पुरस्कार अझैसम्म पाउन सकेको छैन ।
उपाधी जितेवापत नेपालले २५ हजार अमेरिकी डलर पाउनुपर्ने थियो । बहराइनलाई ३–० गोलअन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो । नेपालले उपाधी जितेको भए पनि उपाधी नपाएको भए पनि पाँचौं संस्करणको खेल तालिका भने सार्वजनिक भइसकेको छ । पाँचांै संस्करणको खेल तालिका सार्वजनिक गरिँदा समेत नेपालले पुरस्कार राशि नपाएको अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता किरण राईले जानकारी दिए ।
उनले भने, ‘अघिल्लो संस्करणमा जीतेको पुरस्कार नपाए अगामी प्रतियोगितामा भाग लिदैनौं ।’ त्यतिबेला नेपाली राष्ट्रिय फुटबल टोलीले २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको थियो । बंगलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिँदै आएको छ ।
बङ्गलादेश फुटबल महासंघले गएको शनिबार पाँचांै संस्कारणको खेल तालिका सार्वजनिक गरिसकेको छ । खेल तालिकाअनुसार पाँचौं संस्करणको उक्त प्रतियोगिता आगामी असोज १५ देखि २७ गतेसम्म बंगलादेशको राजधानी ढाकामा हुनेछ ।
शनिबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । समूह ‘ए’ मा प्यालेस्टाइन र ताजकिस्तानसमेत छन् । समूह ‘बी’ मा आयोजक बंगलादेश, लाओस र फिलिपिन्स छन् । रासस ।
प्रकाशित समय १८:३७ बजे

















