गृहपृष्ठ सहिद स्मारक ए डिभिजन लिग : पुलिस र हिमालयन शेर्पाले अंक बाँडे
सहिद स्मारक ए डिभिजन लिग : पुलिस र हिमालयन शेर्पाले अंक बाँडे
पल्सर सहिद स्मारक ए डिभिजनमा विभागीय टिम पुलिस र हिमालयन शेर्पा क्लबले बराबरी खेलेका छन् । लिगको सातौ चरणको पहिलो खेलमा पुलिस र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेलेका हुन् । योसँगै दुई टिमको अंक बाँडिएको छ ।
एपीएफको हलचोक मैदानमा भरत साहले ३२ औँ मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । तर, हाफपछि पुलिसले यो अग्रता जोगाउन सकेन । खेलको ७० औँ मिनेटमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले गोल गर्दै खेललाई बराबरीमा फर्काएका हुन् ।
अंक तालिकामा पुलिस ७ खेलबाट ११ अंक जोडेर पाँचौ स्थानमा रहँदा समान अंक भए पनि गोल अन्तरका आधारमा हिमालयन शेर्पा छैटौँ स्थानमा छ ।
प्रकाशित समय १५:४६ बजे

















