गृहपृष्ठ कौशलटारमा फर्निचर उद्योगमा आगलागी
कौशलटारमा फर्निचर उद्योगमा आगलागी
सांकेतिक तस्बिर ।
भक्तपुको कौशलटार फर्निचर उद्योगमा आगलागी भएको छ ।
मध्यपुरथिमी–३ कौशलटारमा स्थानीय राजु श्रेष्ठले सञ्चालन गरेको श्रेष्ठ फर्निचर उद्योगमा आइतबार राति आगलागी भएको हो । आगलागीबाट फर्निचर सामान जलेर पूर्णरुपमा नष्ट भएका छन् । उद्योग छेउमा रहेको कुल्फी उद्योगमासमेत आगो सल्किएर क्षति पुगेको छ । आसपासका तीन घरमासमेत आगोले क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
दमकलको सहयोगमा, नेपाल प्रहरी, सशस्त्र र स्थानीयको सहयोगमा आज बिहान मात्रै आगो नियन्त्रणमा आएको थियो ।
प्रकाशित समय १०:१० बजे

















