गृहपृष्ठ ताप्लेजुङमा शौचालय बनाउन हङकङमा कार्यक्रम
ताप्लेजुङमा शौचालय बनाउन हङकङमा कार्यक्रम
ताप्लेजुङ समाज हङकङले ताप्लेजुङमा सार्वजनिक शौचालय बनाउन कञ्चनजंगा सांगीतिक च्यारिटी डिनर आयोजना गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिकाको तुक्मेडाँडामा सार्वाजनिक शौचालय निर्माणका लागि रकम जुटाउने उद्देश्यले शनिबार साँझ हङकङमा सांगीतिक च्यारिटी डिनर आयोजना गरिएको हो ।
याक एन्ड यति रेस्टुरेन्टमा भएको कार्यक्रमका लागि नेपालबाट गायक गोविन्द चेम्जोङ, विमल राई तथा नृत्यकार हेरुकेन लामालाई बोलाइएको थियो । शौचालयका लागि २५ लाख लागत अनुमान गरिएको छ ।
गत वर्ष पनि शौचालय निर्माणका लागि सहयोग जुटाउन कञ्चनजंघा सास्कृतिक साँझ आयोजना गरिएको थियो । कार्यक्रममा १९ लाख संकलन भएको थियो । यसपटक च्यारिटी डिनरबाट ६ लाख संकलन हुने आयोजकको अपेक्षा छ ।
प्रकाशित समय १६:५९ बजे


















