गृहपृष्ठ प्रदेश २ मा आइएमई भरोसा कोषको रकम वितरण
प्रदेश २ मा आइएमई भरोसा कोषको रकम वितरण
कोरोनाभाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश २ का लाभग्राहीलाई रकम हस्तान्तरण गरिएको छ । आइएमई ग्रुपद्धारा मंगलबार प्रदेश २ को राजधानी जनकपुरमा एक कार्यक्रम गरी मुख्यमन्त्री लालबाबु राउतमार्फत कोषबाट रकम प्राप्त गर्ने १५ जना लाभग्राहीलाई चेक हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको पनि उपस्थिति थियो । मुख्यमन्त्री राउतले आइएमईले सामाजिक उत्तरदायित्व स्वरुप प्रदान गरेको भरोसा कोषको रकमले पीडित परिवारलाई ठूलो सहयोग पुगेको बताए ।
कोषबाट पीडितलाई जनही ५० हजारका दरले सहयोग गरिँदै आएको छ । कोभिड– १९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठूलो पीडा थपिएको महसुस गरी आइएमईले मृतकको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ भरोसा कोषको स्थापना गरेको हो ।
प्रकाशित समय ०७:२१ बजे

















