गृहपृष्ठ बैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने

बैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने

train4-newskarobar फाइल तस्बिर

बैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पु¥याएकाले सरकारले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको बताइएको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल खरीद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल सञ्चालनमा आउने बताए । यस अघि चालू आर्थिक वर्षको मङ्सिरदेखि जनकपुरको कुर्थाबाट भारतको जयनगरसम्म रेल सञ्चालन हुने भनिएपनि ट्रयाक निर्माणलगायतका काम सम्पन्न नभएकाले निर्धारित समयमा रेल सेवा सञ्चालन हुन सकेको थिएन ।

उनले भने,  ‘अहिले सबै निर्माणका कार्य अन्तिम चरणमा रहेको हुँदा कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेल गुड्नेछ ।’ उनले रेलले एक घण्टाको समयमा जयनगर–कुर्थाको दूरी पार गर्ने बताए । पाँच सय यात्रु बोक्ने रेलले दैनिक सो स्थानमा सेवा दिने मिश्रले बताए ।

रासस

प्रकाशित समय ०६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु