गृहपृष्ठ लण्डनका विमानस्थल र रेल स्टेशनमा खामभित्र विष्फोटक पदार्थ
लण्डनका विमानस्थल र रेल स्टेशनमा खामभित्र विष्फोटक पदार्थ
लण्डनका विभिन्न विमानस्थल र रेल स्टेशनहरुमा विष्फोटक पदार्थ फेला परेको छ ।
लण्डन एयरपोर्ट, हिथ्रो एयरपोर्ट र वाटरलु रेल स्टेशनमा विष्फोटक पदार्थ फेला परेको बीबीसीले जनाएको छ । प्रहरीले यी घटनाको अनुसन्धान सुरु गरेको छ । विष्फोटक पदाथएलाई ए–फोर आकारको खामभित्र राखिएको प्रहरीले जनाएको छ । खामभित्र राखिएको विष्फोटक पदार्थ खुल्नेवित्तिकै आगो लाग्ने गरि राखिएको बताइएको छ ।
उडान र रेलको आवागमनमा पनि असर नपुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रकाशित समय ०९:३४ बजे

















