गृहपृष्ठ रियाल च्याम्पियन्स लिगको क्वाटरफइनलबाटै बाहिरियो

रियाल च्याम्पियन्स लिगको क्वाटरफइनलबाटै बाहिरियो

रियाल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

डच क्लब आयाक्सले रियालको घरेलु मैदान सान्टियागो बर्नाबाउमा उत्कृष्ट प्रदर्शन गर्दै ४–१ को जित दर्ता गरेपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । समग्रमा ५–३ को जित दर्ता गरेको आयाक्सले २२ वर्षपछि नकआउट चरणमा जित दर्ता गरेको हो ।

पहिलो लेगमा आयक्स २–१ ले पछि परेको थियो । लगातार चौथो च्याम्पियन्स लिग उपाधिको लक्ष्यमा रहेको रियल ७२ औं मिनेटमा मार्को एसेन्सियोको गोलसँगै खेलमा पुनरागमन गर्ने सम्भावना देखिएको थियो । तर त्यसको दुई मिनेटमा लासे स्कोनेले फ्रिकिकमा दर्शनीय गोल गर्दै आयाक्सको जित पक्का गरे ।

इन्ज्युरी समयमा नाचो फर्नान्डेज दोस्रो पहेंलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए ।

प्रकाशित समय ०९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु