गृहपृष्ठ बाँकेका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा

बाँकेका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा

pakrau-arrest-newskarobar

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

नेपालगञ्जस्थित आयोगको कार्यालयले मंगलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर ८७ हजार रुपैयाँ घुससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको हो । अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरले विशेष सूचनाका आधारमा नेपालगञ्ज भन्सार कार्यालयका नायबसुब्बा लक्ष्मण चन्दलाई ५२ हजार रुपैयाँ र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका कार्यालय प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तवलाई ३५ हजार रुपैयाँ घुससहित रंगेहात नियन्त्रणमा लिएको बताए ।

नेपालगञ्ज भन्सार कार्यालयका नासु चन्दले आयात हुने सामानको सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिएको अवस्थामा र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका प्रमुख श्रीवास्तवले गुणस्तर प्रमाणीकरण गरिदिएवापत सेवाग्राहीको काम सम्पन्न भएपछि घुस लिँदै गर्दा पक्राउ गरिएको हो ।

प्रकाशित समय १०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु