गृहपृष्ठ टोटेनहम च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
टोटेनहम च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
टोटेनहम च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
फरवार्ड ह्यारी केनले निर्णायक गोल गरेपछि क्वाटरफाइनलको दोस्रो लेगमा बोरुसिया डर्टमुन्डलाई १–० ले पराजित गरेको हो । समग्रमा ४–० को जितसँगै टोटेनहम क्वाटरफाइनलमा प्रवेश गरेको छ । ४८ औं मिनेटमा मोउसा सिसोकोको पासमा केनले गरेको गोल जितका लागि पर्याप्त बन्यो । पहिलो लेगमा ३–० को अग्रता लिएको टोटेनहमलाई घरेलु टोली डर्टमुन्डले पहिलो हाफमा निकै दबाबमा राखेको थियो ।
गोलरक्षक ह्युगो लोरिसले लगातार राम्रो बचाउ गर्दा खेलमा डर्टमुन्डले अग्रता लिन सकेन । टोटेनहम सन् २०११ पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
प्रकाशित समय १०:०६ बजे

















