गृहपृष्ठ ट्रम्पले दिए भारतलाई झट्का

ट्रम्पले दिए भारतलाई झट्का

Donald-Trump-newskarobar

अमेरिकाले ‘प्रिफेन्सियल ट्रेड पोलिसी’को ‘जनरल सिस्टम अफ प्रिफरेन्सेज’बाट भारतलाई अलग्याएको छ ।

आफ्नो ‘जीएसपी स्किम’ मा हेरफेर गर्दै अमेरिकाले भारतलाई निकाल्ने निर्णय गरेको हो । अमेरिकी नीतिले भारतको अर्थतन्त्रमा असर पार्न सक्ने बताइएको छ । लोकसभा निर्वाचनअघि अमेरिकी निर्णयले नरेन्द्र मोदीको सरकारलाई झड्का पुगेको छ । भारतबाट अमेरिका जाने एक हजार ९ सय ३० उत्पादनले अमेरिकामा आयात शुल्क तिर्न पर्दैनथ्यो ।

अमेरिकामा भारतको हस्तकलाका सामग्री, रसायन र कृषिमा आधारित उत्पादनले अब आयात शुल्क तिर्नुपर्नेछ ।

प्रकाशित समय १०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु