गृहपृष्ठ दशनामीको राष्ट्रिय महाधिवेशन विराटनगरमा

दशनामीको राष्ट्रिय महाधिवेशन विराटनगरमा

नेपाल दशनामी समाज केन्द्रीय कार्यसमितिको राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ ।

केन्द्रीय कार्यालय माइतीघरमा नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष रञ्जनकुमार गिरीले आगामी चैत २ र ३ गते विराटनगरमा राष्ट्रिय महाधिवेशन हुने सञ्चारकर्मीलाई जानकारी दिए । सो महाधिवेशनमा देशभरका करीब ५०० प्रतिनिधि र स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी पर्यवेक्षकको सहभागिता रहनेछ ।

महाधिवेशनले विधान संशोधनसहित विभिन्न प्रस्ताव पारित गरी नयाँ कार्यसमिति चयन गर्ने अध्यक्ष गिरीले जानकारी दिए । समाजको ६६ जिल्ला र सात प्रदेशबाट प्रतिनिधि चयन भएर आउने तथा महाधिवेशनको तयारी पूरा भएको उनले बताए ।

 

दशनामी पत्रकार समाजमा गिरी

त्यसैगरी नेपाल दशनामी पत्रकार (प्रेस) समाज केन्द्रीय कार्य समितिको अध्यक्षमा रमेश गिरी (भक्तपुर) चयन भएका छन् । नेपाल दशनामी समाज कन्द्रीय कार्यसमितिका केन्द्रीय सदस्यसमेत रहेका गिरीको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरिएको हो ।

शुक्रबार समाजको केन्द्रीय कार्यालय माइतीघर, काठमाडौंमा भएको भेलाबाट नेपाल दशनामी पत्रकार समाजको सहसंयोजकमा गुञ्जनराज गिरी, सदस्यमा बोमलाल गिरी, विक्रम गिरी, प्रमोद गिरी, अनिल गिरी, कृष्ण गिरी, रमेश भारती, एकराज गिरी, शिव पुरी र यादवराज पुरी रहेका छन् । पत्रकार समाजले आगामी ६ महीनाभित्र सात प्रदेशसहित दशनामी पत्रकारको राष्ट्रिय भेलाको आयोजना गर्दै सातवटै प्रदेशमा पत्रकार समाज गठन गर्ने निर्णय गरेको छ ।

प्रकाशित समय १८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु