गृहपृष्ठ भारतीय वायुसेनाको लडाकु जहाज दुर्घटना
भारतीय वायुसेनाको लडाकु जहाज दुर्घटना
भारतीय वायुसेनाका लडाकु जहाज एकपछि अर्को रुपमा दुर्घटना हुन थालेका छन् ।
शुक्रबार राजस्थानको बीकानेरमा वायुसेनाको मिग–२१ विमान दुर्घटना भएको छ । के कारणले दुर्घटना भएको भन्ने एकिन विवरण भने सार्वजनिक भइसकेको छैन । तर चरा विमानसँग ठोक्किँदा दुर्घटना भएको हुन सक्ने प्रारम्भीक अनुमान छ । पाइलटले भने विमानबाट हाम फालेर आफ्नो ज्यान जोगाएका छन् । भारतमा लगातार मिग विमान दुर्घटनामा परेका छन् ।
मिग विमानद्वारा नै विंग कमाण्डर अभिनन्दले पाकिस्तानको एफ १६ माथि आक्रमण गरेको भारतको दावी थियो ।
प्रकाशित समय ०७:१८ बजे

















