गृहपृष्ठ अष्ट्रेलियाले भारतलाई हरायो, कोहलीको शतक खेर
अष्ट्रेलियाले भारतलाई हरायो, कोहलीको शतक खेर
कप्तान विराट कोहलीले शतक प्रहार गरे पनि भारत अष्ट्रेलियासँग तेस्रो वान डे खेलमा ३२ रनले पराजित भएको छ ।
३ सय १४ रनको लक्ष्य पछ्याएको भारत ४८ दशमलव २ ओभरमा अल आउट हुँदै २ सय ८१ रनमा समेटियो । भारतका लागि कप्तान कोहलीले करियरको ४१ औं शतक प्रहार गरे पनि अन्य खेलाडीको राम्रो ब्याटिङ गर्न सकेननन् । कोहलीले ९५ बलमा १६ चौका र १ छक्का प्रहार गर्दै १ सय २३ रन बनाए । कोहलीलाई एडम जाम्पाले ३८ ओभरको तेस्रो बलमा बोल्ड आउट गरेका थिए ।
ओपनर शिखर धवन १, रोहित शर्मा १४ र आम्बाती रायडू २ रनमा पेभिलिएन फर्केपछि ६ दशमलव २ ओभरमा २७–३ को कमजोर अवस्थामा पुगेको थियो । महेन्द्रसिंह धोनी र केदार जाधव समान २६ रनमा आउट भए ।
विजय शंकर ३२, रविन्द्र जडेजा २४, मोहम्मद शामी ८ र कुलदिप यादव १० रनमा आउट भए । एडम जाम्पा, प्याट कमिन्स र झेय रिचड्सनले समान ३ विकेट लिँदा नाथन लायनल एक विकेट हात पारे ।
पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय १३ रन बनाएको थियो । ओपनर उस्मान ख्वाजाले आफ्नो ओडीआई करियरकै पहिलो शतक प्रहार गरे । उनले १ सय १३ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै १ सय ४ रनको बनाए । कप्तान आरोन फिन्चले ९९ बलमा ३ छक्का र १० चौका प्रहार गर्दै ९३ रन जोडे ।
ग्लेन म्याक्सवेलले पनि आक्रमक रुपमा रन बटुले । म्याक्सवेलले ३१ बलमा समान ३ छक्का र चौका प्रहार गर्दै ४७ रन बनाए । शन मार्श ७, पिटर हेन्डस्कम्व डक आउट हुँदा मार्कस स्टोइनिस ३१ र एलेक्स करी २१ रनमा अविजित रहे ।
भारतका लागि कुलदिप यादवले ३ र मोहम्मद सामीले १ विकेट लिएका थिए । पाँच ओडीआई श्रृंखला २–१ को अवस्थामा पुगेको छ ।
प्रकाशित समय ०७:४१ बजे

















