गृहपृष्ठ उडीनेजविरुद्ध युभेन्टसको ४ गोल

उडीनेजविरुद्ध युभेन्टसको ४ गोल

इटालियन क्लब युभेन्टसले सिरी ए अन्तर्गत शुक्रबार उडीनेजेलाई ४–१ गेलले पराजित गरेको छ ।

फरवार्ड क्रिस्टियानो रोनाल्डो बिना नै मैदान उत्रिएको युभेन्टसका लागि मोइस किनले दुई गोल गरे । ११ औं मिनेटमा एलेक्स स्यान्ड्रोको क्रसलाई गोलमा परिणत गर्दै किनले सुरुवाति अग्रता दिलाए । ३९ औं मिनेटमा उनले एकल प्रयासमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । पहिलो हाफमा पूर्ण दवाव कायम गरेको साविक विजेता युभेन्टसले दोस्रो हाफमा पनि त्यसलाई निरन्तरता दियो ।

किनले ६६ औं मिनेटमा युभेन्टसको लागि पेनाल्टी प्राप्त गरे । इक्त पेनाल्टीलाई एमरे च्यानले गोलमा परिणत गरे । ब्लेस माटुइडीले ७१ औं मिनेटमा हेडमार्फत गोल गरेपछि युभेन्टसको अपराजित यात्रा कायम रह्यो । उडीनेजेका लागि खेलको ६ मिनेट समय बाँकी रहँदा केभीन लासाग्नाले सान्त्वना गोल फर्काए ।

युभेन्टसले अपराजित यात्रा कायम गर्दै लिगमा १९ अंकको अग्रता लिएको छ ।

प्रकाशित समय ०८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु