गृहपृष्ठ फ्रेन्च लिग वान : पीएसजी शीर्ष स्थानमा फर्कियो

फ्रेन्च लिग वान : पीएसजी शीर्ष स्थानमा फर्कियो

घरेलु मैदानमा जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा पीएसजीले प्रतिद्वन्द्वी निसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

जिलियन ड्राक्सलरले २२औं र मोइस किनले ७६औं मिनेटमा एक/एक गोल गरेपछि पीएसजी विजयी बनेको हो । निसका रोनी लोपेसले टिमका लागि ५०औं मिनेटमा गोल फर्काएका थिए ।

जितसँगै शीर्ष स्थानमा फर्किएको पीएसजीले २५ खेलमा ५४ अंक जोडेको छ । एक खेल कम खेलेको लिल ५४ अंकसहित दोस्रो स्थानमा छ । निस २९ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

प्रकाशित समय ११:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु