गृहपृष्ठ टेस्ट क्रिकेट: भारतद्वारा इंगल्यान्ड ३१७ रनले पराजित

टेस्ट क्रिकेट: भारतद्वारा इंगल्यान्ड ३१७ रनले पराजित

भारतले दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली इंगल्यान्डलाई ३१७ रनले पराजित गरेको छ । यो जितसँगै भारतले चार खेलको वर्तमान श्रृंखला १-१ को बराबरी गरेको छ ।

पहिलो टेस्ट क्रिकेट खेल्दै गरेका भारतीय बायाँ हाते स्पिनर अक्षर पटेलले दोस्रो इनिङमा पाँच विकेट लिन सफल भएका थिए । जितका लागि चारसय ८२ रनको लक्ष्य पछ्याएको इंगल्यान्ड चौथो दिन १६४ रनमै समेटिएको थियो ।

अर्का भारतीय बलर रविचन्द्रन अश्विनले दुवै इनिङमा गरी आठ विकेट लिएका थिए । उनले व्यक्तिगत १०६ रन पनि बनाएर भारतीय इनिङलाई सम्मानजनक स्थितिमा पुर्‍याएका थिए ।
तेस्रो टेस्ट यही फेब्रुअरी २४ मा अहमदाबादमा हुनेछ ।

प्रकाशित समय १४:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु