गृहपृष्ठ मन्त्री थापा न्यूयोर्क प्रस्थान
मन्त्री थापा न्यूयोर्क प्रस्थान
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सिएसडब्ल्यु)को ६३औं बैठकमा भाग लिन शनिबार न्यूयोर्कतर्फ प्रस्थान गरेकी छन् ।
लैंगिक समानता तथा महिला सशक्तीकरण प्रवर्द्धनमा केन्द्रित अन्तर्राष्ट्रियस्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकमा समेत सहभागी हुने सिलसिलामा मन्त्री थापा त्यसतर्फ प्रस्थान गरेकी हुन् । मन्त्री थापा नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, सोही मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी छन् ।
मन्त्री थापालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।
प्रकाशित समय १८:५५ बजे

















