गृहपृष्ठ प्रधानमन्त्रीको स्पष्टिकरण- म मधेसविरोधी होइन
प्रधानमन्त्रीको स्पष्टिकरण- म मधेसविरोधी होइन
सरकारविरूद्ध नलाग्न राजपालाई चेतावनी
फाइल तस्बिर
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मधेसविरोधी नभएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश-२ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
कतिपयले उनलाई मधेसविरोधी नेताको रूपमा चित्रण गरिरहँदा उनले असन्तुष्टि जनाए । आफु २० वर्षअघि तराईबाटै गिरफ्तार भएको उनले स्मरण गरे । ‘२० वर्षअघि तराईबाटै गरिफ्तार हुँदा यहीका जनाताले शरण दिए,’ उनले भने, ‘त्यसकारण म मधेसविरोधि होइन ।’
तराईमा नेकपा लोकप्रिय छैन भन्ने भ्रम फैलाउन खोजिएको भन्दै तराई मधेशका लागि नेकपाकै नेताहरूले संघर्ष गरेको दावी गरे । ‘नेकपा तराईमा लोकप्रिय छैन भन्ने भ्रम फौलिएको छ,’ प्रधानमन्त्रीले भने, ‘तर तराई मधेशका लागि लड्ने र मर्ने नेकपाकै नेताहरु हुन् ।’
उनले राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोप्रति पनि असन्तुष्टी जनाए । ‘राजपालाई भन्न चाहन्छु कि एउटा प्रदेशमा सोझा जनतालाई, अल्मल्याएर, झुक्याएर, फकाएर भोट पाइयो भनेर धेरै फूर्तिफार्ति नगर्नुहोस्,’ उनले भने, ‘तपाईहरु सरकारविरुद्धको अभियानमा होइन, सरकारको नीतिअनुसार मधेसको विकासमा जुट्नुहोस् ।’
प्रकाशित समय १८:१९ बजे
















