गृहपृष्ठ चीनको कूटनीतिक उपलब्धिप्रति प्रशंसा
चीनको कूटनीतिक उपलब्धिप्रति प्रशंसा
विदेशी विशेषज्ञहरूद्वारा चीनले पछिल्लो समय कूटनीतिकरूपमा उपलब्धि हाँसिल गरेको भनी दिएको भनाईप्रति चीनका परराष्ट्रमन्त्री वाङ यीले आभार प्रकट गरेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको जन कांग्रेस चलिरहेका समय चीनमा रहेका विदेशी कूटनीतिक विज्ञद्वारा गरिएको उच्च मूल्यांकनले चीनलाई थप जिम्मेवार बन्न प्रेरित गरेको उनको भनाइ थियो ।
उनीहरूले विश्व शान्तिको सुरक्षा र मानवजातिको प्रगतिलाई अघि बढाउनका लागि चीनले अझ बढी योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
टर्कीका चीन विज्ञ गिराय फिदानले चिनियाँ कूटनीतिक सिद्दान्तको समीक्षा गर्दा साझा जीतको सिद्दान्त रहेको कुरा बताए । उनले भने, ‘बेल्ट एण्ड रोड’ले वरिपरिका देशबीच आर्थिक सहयोगलाई घच्घच्याउनुका साथै मानव सभ्यताको आदान-प्रदानलाई प्रत्यक्ष रूपमा बढाएर धेरै नयाँ मञ्च र नयाँ मौका दिएको छ ।’
यसैगरी ‘बेल्ट एण्ड रोड’ प्रस्तावसँग महत्वपूर्ण ऐतिहासिक अर्थ रहेकोले हालसम्म आधारभूत प्रबन्धको निर्माणमा आश्चर्यलाग्दो उपलब्धि हासिल गरेको अमेरिकी पत्रिका ‘एक्सचेन्ज इन्टेलिजेन्स रिभ्यू’अन्तर्गत वाशिङ्टन शाखाका प्रमुख विलियम जोनले बताएका छन् ।
रूस-चीन विश्लेषण केन्द्रका प्रमुख सेर्गेइ सानाकोयभले भने, ‘चीनले विभिन्न मुलुकसँग नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गरिरहेको छ । यो नयाँ अन्तर्रराष्ट्रिय सम्बन्ध अति आकर्षक भएर झन् झन् बढी देशहरूले चीनसँग सहकार्यको रूचि देखाएका छन्।’
त्यस्तै दक्षिण कोरियाली सुङ्क्यून क्वान विश्वविद्यालयअन्तर्गत चीन अनुसन्धान व्यूरोका प्रमुख ली ही ओकले पूर्वी एसियाको ठूलो मुलुकको हैसियतमा विभिन्न देशबीच मतभेदको सामना र सहयोगको प्रर्वर्द्धनमा चीनले महत्वपूर्ण भूमिका खेलेको बताए । (रासस/सिन्ह्वा)
प्रकाशित समय १८:५९ बजे

















