गृहपृष्ठ भेनेजुएलाबाट अमेरिकाले आफ्ना कर्मचारी फर्काउने
भेनेजुएलाबाट अमेरिकाले आफ्ना कर्मचारी फर्काउने
अमेरिकाले भेनेजुएबाट आफ्ना सबै कूटनीतिक कर्मचारीलाई स्वदेश फर्काउने अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले बताएका छन् ।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त घोषणा गरिएको हो । भेनेजुएलामा जारी राजनीतिक संकट गहिरिँदै गएपछि अमेरिकाको सो घोषणा आएको हो । यद्यपी अमेरिकी विदेश मन्त्रालयले गत जनवरी २४ मा नै दूतावासका उच्चस्तरीय कर्मचारी, उनीहरुका परिवारजन र अन्य आश्रित व्यक्तिहरुको संख्या कटौती गर्न निर्देशन दिएको थियो ।
प्रकाशित समय ०७:५५ बजे

















