गृहपृष्ठ बुटवल र दाङमा फेला परेको शंकास्पद बस्तु डिस्पोप
बुटवल र दाङमा फेला परेको शंकास्पद बस्तु डिस्पोप
रुपन्देहीको विभिन्न ठाउँमा शंकास्पद बस्तु फेला परेको छ । विप्लव समूहले बन्द गरेका कारण सोही समूहले शंकास्पद बस्तु राखिएको आशंका गरिएको छ ।
बुटवल भैरहवा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको कालिकानगर कालिकाचोकमा डिभाइडरमाथि कालो रंगको शंकास्पद बस्तु भेटिएपछि सर्वसाधारण त्रसित भएका छन । कालिकानगरमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
उता तुलसीपुर उपमहानगरपालिका वडा ५ बिपि चोक नजिकै एक कपडा पसल बाहिर राखेको शंकास्पथ बस्तु प्रहरीले डिस्पोज गरेको छ । विप्लव समूहको बन्दका कारण यातायात, कलकारखाना, विद्यालय बन्द भएको छ ।
बुटवल, भैरहवा, पाल्पा, अर्घाखाँची लगायतका स्थानबाट लामो छोटो दुरीमा चल्ने यातायात चलेका छैनन् । सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रकाशित समय १०:११ बजे

















