गृहपृष्ठ कैलालीमा बसमाथि आगजनी, तीन जना पक्राउ

कैलालीमा बसमाथि आगजनी, तीन जना पक्राउ

कैलालीको मसुरियास्थित बडैपुरमा जन्ती बोकेको बसमाथि आगजनी गरिएको छ । विप्लव समूहले गाडीमा आगजनी गरेको बताइएको छ । म १ ख ४४१ नम्बरको बसमा आगजनी भएको प्रहरीले जनाएको छ । गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगजनीबाट बस पूर्ण रुपमा जलेको छ ।

यसैबीच, सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुलाई तराई जोड्ने भीमदत्त राजमार्गको गोदावरी सडक खण्डमा गाडी चलाएको भन्दै रोक्न खोज्ने तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिमिल्सेना तस्न जलालाई पक्राउ गरिएको जानकारी दिए ।

सरकारले विप्लव समूहलार्ई प्रतिबन्ध लगाएपछि आज नेपाल बन्दको घोषणा गरेको छ । कैलालीमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु