गृहपृष्ठ राहदानी विभागले कार्यालय समय १ घण्टा बढायो
राहदानी विभागले कार्यालय समय १ घण्टा बढायो
सेवाग्राहीको चाप बढेपछि काठमाडौमा रहेको राहदानी विभागले कार्यालय समय १ घण्टा बढाएको छ । शुक्रबारदेखि विभागले कार्यलय समय १ घण्टा बढाएको हो । अब ९ बजे खुलेर ५ बजे बन्द हुनेभएको छ । यसअघि १० बजे खुलेर ५ बजे बन्द गर्ने गरिएको थियो । शुक्रबार भने ३ बजे सम्म कार्यालय खुल्ने छ ।
सेवाग्राहीलाई प्रभावकारी सेवा दिन कार्यलय समय बढाइएको विभागका महानिर्देशक रामकाजी खड्काले बताए । सरकारले जिल्ला प्रशासन कार्यालयहरु, राहदानी बिभाग र विदेश स्थित कुटनैतिक नियोगहरुबाट राहदानी वितरण गर्दै आएको छ ।
विभागले राहदानीबाहकलाई राहदानको प्रयोगमा सजगता अपनाउन पनि अनुरोध गरेको छ । राहदानी पट्याउने केरमेट गर्नाले अबैध हुन सक्ने भन्दै प्रयोगमा सावधानी अपनाउन अनुरोध गरेको छ ।
प्रकाशित समय १३:२८ बजे

















