गृहपृष्ठ ‘प्रचण्ड’ र ‘विप्लव’ दुबै हिँडेको बाटो गलत : भट्टराई
‘प्रचण्ड’ र ‘विप्लव’ दुबै हिँडेको बाटो गलत : भट्टराई
नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’ दुबै गलत बाटोमा रहेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जार ट्वीटरमा ट्वीट गर्दै संयोजक भट्टराईले प्रचण्ड र विप्लव दुबैको बाटो गलत भएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘प्रचण्ड र विप्लव दुबै गलत बाटोमा हुनुहुन्छ र एकअर्कालाई संगीन आरोप लगाइरहनुभएको छ, समस्या व्यक्तिको नभएर विचारको हो । ’
उनले प्रचण्डले हिँडेको संसदीय कम्युनिज्म र विप्लवले हिँडेको उग्रपन्थी कम्युनिज्मको बाटो समस्याको जग भएको बताउँदै दुबै बाटो गलत सावित भएको उनको भनाइ छ । उनले नयाँ विचारको खाँचो भएको समेत बताएका छन् ।

प्रकाशित समय १३:४३ बजे
















