गृहपृष्ठ ट्रम्पको व्यापार युद्धले अमेरिकाको अर्थतन्त्र प्रभावित

ट्रम्पको व्यापार युद्धले अमेरिकाको अर्थतन्त्र प्रभावित

china-america-newskarobar

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धका कारण अमेरिकी अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । ट्रम्पको व्यापार युद्धका कारण सन् २०१८ मा करिब सात अर्ब ८० करोड डलरले अमेरिकी अर्थतन्त्र खुम्चिएको अध्ययनले देखाएको हो, जुन कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ०.०४ प्रतिशत हो ।

प्रतिष्ठित अमेरिकी विश्वविद्यालयका अर्थशास्त्रीहरुले गरेको अध्ययनअनुसार लक्षित मुलुकबाट अमेरिकातर्फ भएको आयातमा ३१.५ प्रतिशतले कमी आएको छ भने अमेरिकी निर्यात ११ प्रतिशतले घटेको छ । आयातमा लागत वृद्धि हुँदा उपभोक्ता र उत्पादकले सन् २०१८ मा करिब ६९ अर्ब डलर नोक्सानी व्यहोरेका छन् ।

आर्थिक अनुसन्धान राष्ट्रिय ब्युरोले प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनले चीनलगायतका कतिपय मुलुकसँग रहेको व्यापार घाटा कम गर्न ट्रम्पले जस्तोसुकै कदम चाले पनि अमेरिकी र विश्व अर्थतन्त्र खुम्चिने देखाएको छ ।

अमेरिकी उत्पादनशील क्षेत्रलाई बचाउने नाममा ट्रम्पले संरक्षणवादी व्यापार नीति अवलम्बन गरेका कारण अर्थतन्त्र नै धराशयी बन्न पुगेको विज्ञहरूको आरोप छ ।

प्रकाशित समय १३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु