गृहपृष्ठ मोदीको नयाँ नाम ‘चौकीदार नरेन्द्र मोदी’
मोदीको नयाँ नाम ‘चौकीदार नरेन्द्र मोदी’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्विटर ह्यान्डलमा नाम परिवर्तन गरेका छन् । उनले नाम फेरेर ‘चौकीदार नरेन्द्र मोदी’ राखेका छन् । आफूलाई देशको चौकिदार बताउँदै आएका छन् । भारतीय जनता पार्टीका नेताहरुले पनि आफूलाई चौकिदार लेख्न थालेका छन् ।
मोदीले चुनाव नजिकिँदै गर्दा नाम परिवर्तन गरेका हुन् । मोदीको चौकीदारलाई व्यंग्य गरेर आम आदमी पार्टीकी एक सांसदले स्टाटस लेखेकी थिइन् । नेपालीले चर्को आलोचना गरेपछि डिलिट गरेकी थिइन् ।
प्रकाशित समय १३:५२ बजे

















