गृहपृष्ठ मकवानपुर केन्द्र पारेर ४.१ रेक्टर स्केलको भूकम्प, काठमाडौंसम्म धक्का महसुस
मकवानपुर केन्द्र पारेर ४.१ रेक्टर स्केलको भूकम्प, काठमाडौंसम्म धक्का महसुस
मकवानपुर केन्द्र भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रले मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको बताएको छ ।
सोमबार बिहान ९ बजेर १ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लासम्म महसुस भएको छ । मकवानपुरसँगै, नुवाकोट, धादिङलगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।
२०७२ को गोरखा भूकम्पपछि लामो समयसम्म पराकम्प गएको थियो । सोमबारको भूकम्प भने पराकम्प नभएर नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।
प्रकाशित समय १०:०७ बजे

















