गृहपृष्ठ जहाँ विद्यार्थीलाई काम लगाएर पारिश्रमिक दिइन्छ

जहाँ विद्यार्थीलाई काम लगाएर पारिश्रमिक दिइन्छ

school-newskarobar

नेपाल राष्ट्रिय नमूना मावि ढोढरी बर्दियाकै नमूना सरकारी विद्यालयमध्ये अहिले नमूना विद्यालय बनेको छ ।

मधुवन–४ को ढोढरीस्थित सो विद्यालयमा करिब एक हजार सात सय विद्यार्थी अध्ययनरत छन् जसमा बहिरा विद्यार्थी पनि पर्छन् । अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट कक्षा १० सम्म पढाइ हुने गरेको सो विद्यालयमा प्राविधिक शिक्षातर्फ सबओभरसियर तहमा सिभिल र इलेक्ट्रिकल विषयमा अध्ययनरअध्यापन हुने मधुवन नगरपालिकाका प्रमुख कृष्ण केसीले बताए ।

आगामी वर्षमा ९ कक्षादेखि माथि पढ्दै, सिक्दै, कमाउँदै र युवा उद्यमी बनाउँदै भन्ने सिद्धान्तबाट कक्षा शिक्षकले पढाउने विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताए ।

एक विद्यार्थीलाई हप्तामा १५ घण्टा काम गर्न प्रोत्साहन गरिने र एक घण्टाको ७५ रुपैयाँ पारिश्रमिक तोकिने छ । बीस बिघामा तरकारी खेती गर्ने विद्यालयको योजना रहेको प्रअ पोखरेलले बताए । विद्यालयमा ६२ शिक्षक कर्मचारी छन् ।

‘विद्यार्थीलाई खेल र मनोरञ्जनपूर्ण वातावरणमा साँस्कृतिक कार्यक्रमसहित पढाइरहेका छौं’, प्रअ पोखरेलले भने। टाढाका विद्यार्थीलाई विद्यालयले छात्रावाससमेत व्यवस्था गरेको छ । आव २०७५–२०७६ मा ५ करोड रुपैयाँ बजेट रहेको विद्यालयमा दुई करोड सरकारबाट र तीन करोड विद्यालयको आन्तरिक शुल्कबाट व्यहोरिने छ । सो विद्यालयमा आगामी वर्ष विज्ञान विषयको अध्ययन अध्यापन हुने छ ।

मधुवनका नेकपाका नेता सुरेश पन्थले सबैको मन जितेर विद्यालय यस क्षेत्रकै नमूना बनेको जिकिर गरे ।(रासस)

प्रकाशित समय ०९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु