गृहपृष्ठ साफ महिला फुटबलको सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्दै

साफ महिला फुटबलको सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्दै

साफ महिला च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

विराटनगरस्थित शहिद रंगशालामा बिहान ११ बजे हुने खेलमा नेपाल जित हात पार्दै फाइनलमा पुग्ने दाउमा छ । श्रीलंकाभन्दा बलियो टिमको रुपमा परिचित नेपाल उपाधिको दाबेदार पनि हो । होम ग्राउन्ड र दर्शकको फाइदा उठाउँदै फाइनल पुग्ने प्रशिक्षक हरि खड्काले बताएका छन् ।

नेपालले समूह चरणका खेलमा भुटानलाई तीन–शुन्य र बंगलादेशलाई पनि सोही गोलका आधारमा हराएको थियो । समूह एको विजेता बन्दा नेपालले एक गो पनि खाएको छैन ।

सेमिफाइनल अन्तर्गतको दोस्रो खेलमा आजै भारत र बंगलादेशले दिउँसो तीन बजे प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित समय ०८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु