गृहपृष्ठ नागरिकता विद्येयकमा सहमति जुटाउन उपसमिति गठन

नागरिकता विद्येयकमा सहमति जुटाउन उपसमिति गठन

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकबारे सहमति जटाउन उपसमिति गठन गरेको छ । बिहीबार बसेको समिति बैठकले ९ सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिमा विजय सुब्बा, यशोदा सुवेदी गुरुङ, नवराज सिलवाल, देवेन्द्रराज कँडेल, रामसहाय यादव, लक्ष्मी परियार, मीना पाण्डे, राजकिशोर यादव र प्रेम सुवाल रहेका छन् ।

विधेयकमा अंगीकृत नागरिकताका विषयमा विवाद रहेको छ । समितिले शीर्ष नेताहरुसँग छलफल गरी सहमति जुटाउने छ । उपसमितिलाई  दुई हप्ताकाे समय  दिइएकाे छ ।

प्रकाशित समय १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु