गृहपृष्ठ सुरक्षाकर्मीमाथि आक्रमण गर्ने नीति छैन : विप्लव समूह

सुरक्षाकर्मीमाथि आक्रमण गर्ने नीति छैन : विप्लव समूह

biplab-newskarobar

नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले प्रहरी र सुरक्षाकर्मीमाथि आक्रमण गर्ने नीति नरहेको स्पष्ट पारेको पारेको छ । मध्य केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुर्दशन’ ले बिहीबार विज्ञप्ति निकालेर प्रहरी र सुरक्षाकर्मीमाथि आक्रमण गर्ने नीति नरहेको स्पष्ट पारेका हुन् ।

आफ्ना कार्यकर्तामाथि एकतर्फी आक्रमण गरिएको सो समूहको भनाइ छ । सो समूहले काभ्रेको रोशीमा जवाफी फायर गरेको भनी सरकारी तर्फबाट आएको प्रतिक्रियालाई बकवासको संज्ञा दिएको छ ।

सरकारले नै देशलाई गृहयुद्धमा धकेल्ने प्रयास गरिरहेको उसको आरोप छ । केही दिनअघि काभ्रेको रोशी गाउँपालिकामा जवाफी फायर भएको प्रहरीले दाबी गरेको थियो ।

प्रकाशित समय १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु