गृहपृष्ठ मेसीको कमब्याकमा अर्जेन्टिनाको हार
मेसीको कमब्याकमा अर्जेन्टिनाको हार
अर्जेन्टिना भेनेजुएलासँग तीन–एक गोलअन्तरले पराजित भएको छ ।
स्टार खेलाडी लियोनल मेसी राष्ट्रिय टिममा कमब्याक भए पनि उनले टिमको हार टार्न सकेनन् । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाविरुद्ध भेनेजुएलाले उत्कृष्ट फुटबल खेल्यो । छैटौं मिनेटमै रोनडोनले गोल गरी भेनेजुएलालाई अग्रता दिलाए । ४४औं मिनेटमा मुरिल्लोले गोल गर्दै अर्जेन्टिनाविरुद्धको अग्रता दोव्वर पारे ।
दुई गोलले पछि परेको अर्जेन्टिनाले दोस्रो हाफका ५९ औं मिनेटमा एक गोल फर्कायो । लउटारो मार्टिनेजले गोल गर्न गर्दै खेल आफ्नो पक्षमा फर्काउने प्रयास गरेका थिए । तर ७५ औं मिनेटमा जोसेफ मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै भेनेजुएलाको जित सुनिश्चित गरे ।
रुस विश्वकप पछि टिममा फर्किएका मेस्सीका लागि पहिलो खेल सम्झनलायक रहेन । विश्वकपमा अन्तिम १६ बाट बाहिरिएपछि मेस्सीले यतिन्जेल राष्ट्रिय टिमबाट खेलेका थिएनन् ।
प्रकाशित समय ०७:५२ बजे

















