गृहपृष्ठ एएफसी यू–२३ च्याम्पियनसिप छनोटमा नेपाल ओमानसँग पराजित

एएफसी यू–२३ च्याम्पियनसिप छनोटमा नेपाल ओमानसँग पराजित

एएफसी यू–२३ च्याम्पियनसिपको छनोटको पहिलो खेलमा नेपाल ओमानसँग एक–शून्य गोलले पराजित भएको छ ।

ओमानका लागि १३ औं मिनेटमा युुसुफ अल मलिकले गरेका गोल नै पर्याप्त बन्यो । सो गालपछि नेपाल खेलमा फर्कन सकेन । विमल घर्ती मगर र अञ्जन विष्टका गोलका प्रयास विफल हुँदा नेपाल छनोटको पहिलो खेलमा हार व्यहोर्न बाध्य भयो । जनवरी ८ देखि २६ तारिखसम्म थाइल्याण्डमा हुने फाइनल चरणका लागि छनोट खेल्न नेपाली टोली यतिबेला कतारमा छ ।

समूह ए मा रहेको नेपालले अब कतार र अफगानिस्तानसँग खेल्नेछ । ११ समूहबाट विजेता र चार उपविजेतासहित १६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित समय ०८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु