गृहपृष्ठ आठौँ राष्ट्रिय खेलकुदमा एनआरएनको पनि टोली

आठौँ राष्ट्रिय खेलकुदमा एनआरएनको पनि टोली

NRN Sport

गैरआवासीय नेपाली संघ (एनआरएन)को टोलीले आगामी आठौँ राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने भएकोछ । सात प्रदेश, तीन विभागीयसँगै गैरआवासीय नेपाली खेलाडीको टोली राष्ट्रिय खेलकुदमा सहभागी हुने भएका हुन् ।

गैरआवासीय नेपाली संघले राष्ट्रिय खेलकुद परिषदसँग सम्झौता गरि सहभागी हुने गैरआवासीय नेपाली टोलीको व्यवस्थापन गर्ने जिम्मेवारी लिएको हो । पहिलो पटक राष्ट्रिय खेलकुद परिषदले प्रवासी नेपाली खेलाडीहरुलाई राष्ट्रिय खेलकुदमा आमन्त्रण गरिएको हो ।

आठौँ राष्ट्रिय खेलकुदमा अमेरिका, अष्ट्रेलिया, मलेसिया, यु.ए.इ., मकाउ, जापान र हंगकंग गरि ७ मुलुकबाट कराँते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिंग गरि नौ खेलमा कुल २४ जना खेलाडी सहभागी हुने एनआरएन आइसीसीले जनाएको छ ।

खेलकुद सम्बन्धि नविन प्रविधि र विधि नेपालमा भित्र्याउन गैरआवासीय नेपाली खेलाडीको सहभागिताले सफलता मिल्ने एनआरएनका अध्यक्ष भवन भट्टले बताए ।

 

प्रकाशित समय १७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु