गृहपृष्ठ नेपाल यू–२३ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो
नेपाल यू–२३ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो
नेपाल एएफसी यू–२३ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । समूह ए को खेलमा कतारसँग ५–० ले पराजित भएसँगै नेपालको अन्तिम चरणमा छनोट हुने सम्भावना समाप्त भएको हो ।
खेलको २४ औं मिनेटमा कतारले पेनाल्टीमार्फत अग्रता लियो । हसन पलाङलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । पहिलो हाफसम्म कतारले १–० को अग्रता बनाएका थियो । ५३ औं मिनेटमा कप्तान अल रावीले गोल गर्दै कतारको अग्रता दोब्बर पारे । ६० औं मिनेटमा कतार फेरि गोल गर्न सफल बन्यो । कप्तान रावीले ७९ औं मिनेटमा फ्रिकिकमा सिधै गोल गरेपछि कतार चार गोलले अघि रह्यो ।
इन्ज्युरी समयमा अब्दुल्ला अलहरकले मैदानको मध्यभागबाट गरेको प्रहार गोलरक्षक अर्पण कार्कीले बचाउन सकेनन् र कतार पाँच–शून्य गोलले जित दर्ता गर्न सफल बन्यो । नेपालले अन्तिम खेलमा मंगलबार अफगानिस्तानको सामना गर्नेछ ।
प्रकाशित समय ०७:३९ बजे

















