गृहपृष्ठ गण्डकी अस्पतालमा अत्याधुनिक एमआरआई मेसिन
गण्डकी अस्पतालमा अत्याधुनिक एमआरआई मेसिन
पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान)मा रोग पहिचानका लागि अत्याधुनिक एमआरआई मेसिल संचालनमा आएको छ ।
करिब १० करोडको लागतमा भित्रिएको मेसिन सञ्चालनमा आएको प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापाले बताए । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको सहयोगमा उक्त मेसिन हस्पिटलमा उपलब्ध भएको हो । उपकुलपति थापाले भने ‘प्रतिष्ठानमा एमआरआई मेसिन आवश्यक भएकोमा हामीले माग गरे अनुसार मन्त्रालयबाट प्राप्त भएको छ, अब यहाँ सिटिस्क्यान मेसिनको पनि खाँचो छ ।’
सिटिस्क्यान मेसिन बिग्रेका कारण अस्पतालमा पुगेका धेरै बिरामी निजीमा चर्को शूल्क बुझाउन पुग्नुपर्ने हुन्छ । निजी अस्पतालमा एमआरआई गरेको ९ देखि २२ हजार लाग्ने गर्छ भने अब गण्डकी अस्पतालले ५ देखि ११ हजारसम्ममा एमआरआई शूल्क लिनेछ ।
प्रकाशित समय ०९:०३ बजे















