गृहपृष्ठ युरो कप छनोट : नेदरल्यान्डमाथि जर्मनीको रोमाञ्चक जित

युरो कप छनोट : नेदरल्यान्डमाथि जर्मनीको रोमाञ्चक जित

युरो कप छनोट खेलमा जर्मनीले नेदरल्यान्डमाथि जित हात पारेको छ ।

गएराति भएको खेलमा जर्मनीले नेदरल्यान्डमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । नेदरल्यान्डको घरेलु मैदानमा भएको खेलमा जर्मनीका लिरोए साने, सर्जि जिनाब्री र निको स्कुल्जले गोल गरे । नेदरल्यान्डका म्याथिज डि लिज र मेम्फिस डिपेले गोल गरे ।

जर्मनीले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । १५औं मिनेटमा लिरोए सानेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३४औं मिनेटमा सर्जि जिनाब्रीले गोल गरेपछि घरेलु टोली २–० ले पछि परेको थियो ।

तर, दोस्रो हाफमा म्याथिजले म्याम्फिस डिपेको पासमा गोल गरेपछि खेल २–१ को अवस्थामा पुग्यो । ६३औं मिनेटमा जर्जिन्हो विज्नल्डमको पासमा म्याम्फिस डिपेले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो । खेलको अन्तिम समयमा निको स्कुल्जले गोल गरेपछि जर्मनीले खेल ३–२ ले नतिजा आफ्नो पक्षमा पार्यो ।

जर्मनीले समूह ‘सी’ मा ३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । दुई खेलबाट ३ अंक जोडेको नेदरल्यान्ड तेस्रो स्थानमा छ । यही समूहको अर्काे खेलमा नर्दन आयरल्यान्डले बेलारुसलाई २–१ ले पराजित गर्दै शीर्ष स्थानमा यथावत छ ।

प्रकाशित समय ०८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु