गृहपृष्ठ पोखरा महानगरले मापदण्ड विपरीत निर्माण भएका घर टहरा भत्कायो
पोखरा महानगरले मापदण्ड विपरीत निर्माण भएका घर टहरा भत्कायो
डोजरमाथि बसेका स्थानीयलाई प्रहरीको सहयोगमा हटाएर पोखरा महानगरले मापदण्ड विपरित निर्माण भएको पोखरा सस्तो बजारका संचालक युवराज खतिवडाको घर तथा टहरा भत्काएको छ । पोखरा महानगरपालीका ५ स्थित बाँसटारी टोल (धारापानी) मा रहेको सार्वजनिक जग्गामा खतिवडाले हालै निर्माण गरेको ३ कोठे एक तले भवन सहितको ट्रस प्रहरीको सहयोगमा डोजर लगाएर भत्काएको हो ।
ज्यानको बाजी राखेर डोजरमाथि नै बसेका स्थानीय महिलाहरुलाई प्रहरीले उठाएर आफ्नो नियन्त्रणमा लिएसँगै डोजर चलाइएको थियो । सोमबार विहान करिब १ः०० बजे तिर उक्त घर टहरा भत्काउने महानगरले तयारी गरेर फिल्डमा पुगे पनि स्थानीयको अबरोधले गर्दा घर टहरा भत्काउन वडा प्रहरी कार्यालय बैदाम, जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोग लिनु परेको थियो । उक्त क्षेत्रमा एक सय भन्दा बढी मापदण्ड विपरितका घर टहराहरु निर्माण भए पनि महानगरले भेदभाव गरी खतिवडाको मात्र घर भत्काउन लागेको भन्दै स्थानीयले अवरोध गरेका थिए ।
स्थानीय हिरादेवी पोख्रेल सहितका महिलाहरु डोजरमै बसेर खतिवडाको घर भत्काउनु पूर्व अन्य प्रति जग्गामा निर्माण भएका घर टहरा भत्काउन माग गर्दै डोजरमा बसे पछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पोखरा महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धनबहादुर नेपाली, सदस्य मन्जु केसी, नागरिक समाज पोखराका निवर्तमान अध्यक्ष रामबहादुर पौडेललाई स्थानयीले चर्को विरोध गरेका थिए भने राजनीतिकको आधारमा एउटा मात्र घर भत्काएको स्थानीय सुलोचना लुइटेलले बताइन् ।
सदस्य केसीलाई स्थानीयले हातपात गरेका थिए भने अध्यक्ष नेपालीले आफुहरु माथि दुब्र्यवहार गरेको स्थानीय बिष्णु गौतमको आरोप छ । एउटा डोजर सहित, नगर प्रहरीको साथमा घर टहरा भत्काउन फिल्डमा पुगेको महानगरको टोलीले खतिवडासँग छलफलबाट घर टहरा भत्काउन खोजे पनि अन्ततः दुई घण्टासम्म विवाद भएपछि प्रहरीको सहयोगमा उक्त घर टहरा भत्काइएको हो ।
पस्र्याङचोकबाट पश्चिमतर्फ रहेको उक्त क्षेत्रमा खतिवडाले ढलान बाटो निर्माण गर्न सहयोग गरेकोले स्थानीयको मन जित्न सफल भएको हँुदा स्थानीयबासीले वडा अध्यक्ष विरुद्ध नाराबाजी समेत गरेका थिए । खतिवडाले डोजर लगायर आफ्नो घर भत्काउने चाल पाएसँगै स्थानीयलाई खबर गरी घर अगाडी कार र एउटा ट्याक्टर तेर्साएका थिए ।
खतिवडाले घर, टहरा, बाण्डो, पर्खाल लगायतका संरचना अनाधिकृत रुपमा सार्वजनीक जग्गा अधिक्रमण गरी निमार्ण गरेकोले उनलाई पटक पटक सुचना दिदा समेत हटेर गरेकोले सोमबार प्रहरीको सहयोगमा डोजर लगायर खतिवडाले निमार्ण गरेको घर टहरा भत्काईएको पोखरा महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले बताए ।
खतिवडाले आफुले मापदण्ड विपरित घर बनाएको पुष्टि हुने पत्र दियर मात्र भत्काउन माग गरेमा महानगरले हटेर गरी आफ्नो घर भत्काएको आरोप लगाए । प्रहरीले खतिवडाको घर नभत्काउन आग्रह गर्ने र नारावाजी गर्ने बृद्ध बृद्धा सहित केहीलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले खतिवडालाई समेत नियन्त्रणमा लिएको थियो ।
नागरिक समाजका पुर्व अध्यक्ष पौडेलले मापदण्ड विपरित निमार्ण भएका कुनै पनि भौतिक संरचना ढिलो चाढो सवै भत्काउनु पर्नेमा जोड दिए । वडा अध्यक्ष नेपालीलाई भोट दिएर जिताएको कामै लागेन भनेर स्थानियले उनी सामु गुनासो गरे पछि सार्वजनीक जग्गामा घर बनाउने अनि कानुन मिच्नेको लागि मैले भोट मागेको थिईन भन्दै उनले प्रतिकृया दिएका थिए ।
प्रकाशित समय ०७:३० बजे

















