गृहपृष्ठ सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर पड्किँदा चार जनाको मृत्यु
सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर पड्किँदा चार जनाको मृत्यु
सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर पड्किएर चार जनाको मृत्यु भएको छ । भोटेकोसी गाउँपालिकामा निर्माणाधीन शिवश्री हाइड्रोपावरको कामदार बस्ने कोठामा सिलिन्डर पड्किँदा चार जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुुसार मृत्यु भएकामध्ये दुई जनाको सनाखत भएको छ । दोलखा सिपाश्वरका २३ वर्षीय भाइकाजी शेर्पा र हुम्लाका २४ वर्षीय सञ्जुक लामाको मात्र सनाखत भएको हो । अरुको शवहरू चिन्नै नसकिने भएकाले सनाखत हुन नसकेको हो ।
प्रकाशित समय ०७:४० बजे

















