गृहपृष्ठ ‘विप्लव’ समूहका सात नेता पक्राउ

‘विप्लव’ समूहका सात नेता पक्राउ

pakrau-arrest-newskarobar

चितवनबाट ‘विप्लव’ समूहका सात जना जिल्ला नेता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार फागुन २९ गतेदेखि आजसम्म विभिन्न ठाउँबाट सात जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा विप्लव समूहका जिल्ला सचिवालय सदस्य राजकुमार तिमिल्सिना, अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पसका एकाइ अध्यक्ष विक्रम न्यौपाने, राप्ती नगरपालिका जनसरकार प्रमुख गुणराज श्रेष्ठ, जिल्ला सदस्य वीरबहादुर तामाङ, अखिल क्रान्तिकारी चितवन यातायात व्यवसायी सङ्घका अध्यक्ष मित्र केसी र चितवन १ नम्बर इलाका इञ्चार्ज जयबहादुर कुँवर रहेका छन् ।

चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार आज पक्राउ परेकाको भने नाम सर्वजनिक गरिएको छैन । भरतपुर महानगरपालिका–५ को कार्यालयमा विष्फोट गराउने १५ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु