गृहपृष्ठ पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर पल्टियो

पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर पल्टियो

जोगबनी–फारबिसगन्जको सडक खण्डमा इन्धन बोकेको नेपाली ट्याङ्कर दुर्घटनामा परेको छ । भारतस्थित जेनिथ पब्लिक स्कुल अगाडी को १ ख ५९३७ नम्बरको ट्याङ्कर अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा परेको ट्याङ्कर विराटनगरका महेश अग्रवालको रहेको प्रहरीले जनाएको छ ।

ट्याङ्कर चालक सुलेमानले पानीले बाटो भिजेकोले साइड लगाउन खोज्दा पल्टिएको बताए । ट्याङ्कर पल्टेको खबर स्थानीयले जोगबनी प्रहरीलाई खबर गरेका थिए । केही व्यक्तिले तेल लुट्ने प्रयास समेत गरेका थिए ।

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु