गृहपृष्ठ पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा रिहा
पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा रिहा
भष्टाचारको मुद्दा खेपिरहेका पूर्वमन्त्री बद्री न्यौपाने विशेष अदालतमा ५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री हुँदा भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा अनियमितता गरेको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
फरार रहेका उनी बुधबार विशेष अदालतमा हाजिर भएका हुन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहितको ३ सदस्यीय संयुक्त इजलासले उनलाई ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो । अख्तियारले उनीसहित १४ जनाविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैयाँ २० पैसाको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । समाज कल्याण परिषदले प्रचलित मापदण्ड र प्रकृयाविपरीत भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
प्रकाशित समय १९:५५ बजे

















