गृहपृष्ठ बालिका बलात्कारपछि हत्या गर्ने दुई जनालाई जन्मकैद
बालिका बलात्कारपछि हत्या गर्ने दुई जनालाई जन्मकैद
उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको हो । बालिका हत्यामा संलग्न १६ वर्षीय किशोरविरुद्ध १२ वर्षको जेल सजाय र एक लाख रूपैयाँ आर्थिक बिगो भराउने र अर्का १७ वर्षीय किशोरविरुद्ध १६ वर्ष दुई महिना जेल सजाय ३० हजार जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।
दुवै किशोर १८ वर्षभन्दा तल भएकाले पूर्ण जन्मकैद सजायको आधा सजाय गर्ने गरिने फैसला भएको अदालतले जनाएको छ । गत कात्तिक ६ गते बाख्रा चराउन गएकी १३ वर्षीया बालिकालाई एउटै स्कूलका कक्षामा अध्ययन गर्ने ती दुई किशोरले बलात्कार गरेर हत्या गरेका थिए ।
प्रकाशित समय १०:३४ बजे

















