गृहपृष्ठ एसईई : विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गर्न सिफारिस

एसईई : विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गर्न सिफारिस

सप्तरीमा एसईई परीक्षा अन्तर्गत विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको छ । परीक्षा सुरु हुने समय बिहान ८ बजेका लागि निर्धारण गरिए पनि ७ बजेर ४७ मिनेटमै प्रश्नपत्र बाहिरिएको थियो ।

प्रश्नपत्र समाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक भएको हो । प्रश्नपत्र सार्वजनिक भएपछि परीक्षा समन्वय समितिले विज्ञान विषयको परीक्षा रद्द गर्न सिफारिस गरेको छ ।

प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि परीक्षा रद्द गर्न सिफारिस गरिएको सप्तरीका परीक्षा समन्वय समितिका संयोजक सुरेन्द्र पौडेलले बताए । ‘प्रश्नपत्र बाहिरिएको पुष्टि भएको छ, यसविषयमा अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउँछौ’ उनले भने ।

प्रकाशित समय १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु