गृहपृष्ठ सेयर बजारलाई बैँक समूहको सपोर्ट, नेप्सेले पार गर्‍यो २६०० अंक

सेयर बजारलाई बैँक समूहको सपोर्ट, नेप्सेले पार गर्‍यो २६०० अंक

अन्तिम १० मिनेटमा १७ अंकको वृद्धि, दैनिक १० अर्बमाथिको कारोबार

सेयर बजार परिसूचक नेप्से मंगलबार अन्तिम १० मिनेटमा १७ अंकले बढेपछि समग्र बजार परिसूचक २६०१.५१ अंकमा उक्लिएको छ । दिनभर उतारचढावमय भएको नेप्से परिसूचक अन्तिम १० मिनेटमा तीव्र गतिले उकालो लागेपछि १५.५ अंकले बजार सकारात्मक बन्यो ।

आइतबार ३३ अंकले घटेको बजार सोमबार ९२ अंकले बढेको थियो । मंगलबार बैँक, विकास बैँक, अन्य र म्युचुअल समूहमात्र बढेका छन् भने बाँकी समूह राताम्य भएका छन् । बैँक समूह सर्वाधिक २.०८ प्रतिशतले बढेको छ ।

आज २०८ कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर १० अर्ब ३ करोड ५४ लाख रूपैयाँबराबरमा कारोबार भएको छ । यो कारोबार रकम सोमबारको तुलनामा सामान्यमात्र कम हो । सोमबार १० अर्ब ३८ करोडभन्दा बढीको सेयर किनबेच भएको थियो ।

बैँक समूहको वृद्धिसँगै बजार दिगो भएर बढ्ने विश्लेषण हुन थालेका छन् । मंगलबार पनि केही वाणिज्य बैँक सर्वाधिक बढ्ने १० कम्पनीको सूचीमा परेका छन् भने सर्वाधिक कारोबार हुनेमा बैँक समूहकै बाहुल्य छ ।

प्रकाशित समय १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु