गृहपृष्ठ ललितपुर महानगरपालिकाका अमिन २० हजार घुससहित पक्राउ

ललितपुर महानगरपालिकाका अमिन २० हजार घुससहित पक्राउ

pakrau-arrest-newskarobar

ललितपुर महानगरपालिका, नक्सा शाखाका अमिन विरेन्द्र चन्द २० हजार घुस रकमसहित पक्राउ परेका छन् ।

जग्गाको प्राविधिक मार्फत नापँजाच गरी क्षेत्रफल निक्र्योल गरी सिफारिस बनाइदिने भन्दै उनले सेवाग्राहीसँग घुस रकम मागेका थिए ।

अख्तियारले महानगरपालिकाको कार्यालय परिसरबाट उनलाई घुस रकमसहित पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित समय १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु